काठमाडाैं । वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । शुक्रबार मात्र देशका दर्जनौँ ठाउँमा आगलागी भएको छ । गृह मन्त्रालयमातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १४ वैशाखसम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती…