१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाङ्गिएको वन र बस्ती



ललितपुर । ललितपुरको टिकाभैरव,नल्लु, देविचौर र लेले क्षेत्रका प्राकृतिक श्रोतहरु मासिँदै छन् । यहाँस्थित वनजंगल भित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझै विरक्त देखिन्छन् ।  बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो ।

नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ ।

तस्बिर : न्युज एजेन्सी

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *