८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत कश्मीरमा बाढीका कारण १६ को मृत्यु, ४० बेपत्ता



भारत । कश्मीरको अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ । साथै अरु दर्जनौं मानिस हराइरहेका छन् ।

अधिकारीहरूका अनुसार अमरनाथ गुफास्थित हिन्दु तीर्थस्थलमा यस्तो घटना भएको हो । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

वार्षिक रुपमा मेला लाग्ने उक्त पहाडी गुफामा पूजा गर्नका लागि करिब १० हजार तीर्थयात्रीहरू जम्मा भएका थिए । बाढीपछि उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

बाढीमा कम्तीमा ४० जना हराइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाका कारण आफू दुखी बनेको प्रतिक्रिया दिएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि अमरनाथ तीर्थयात्रा जुन ३० मा सुरु भएको हो । जहाँ १० हजार जति तीर्थयात्रीहरू त्यसअघि नै उक्त गुफा भएको क्षेत्रमा पुगिसकेका थिए ।

यस क्षेत्रमा हरेक वर्ष यसै समयमा हिन्दुहरूले भगवान शिवको अवतारको रुपमा प्राकृतिक रुपमा बनेको पहाडी गुफामा पूजा गर्ने गर्छन् । ४५ दिनसम्म चल्ने यस तीर्थयात्रामा भारतका विभिन्न स्थानबाट तीर्थयात्रीहरू पुग्ने गर्छन् ।-एजेन्सी

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *