१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब ट्वीटरमा अक्षर सीमा हटाइने



ट्वीटरले ट्वीटको अक्षर सीमा हटाउन नयाँ फिचर ल्याउने भएको छ । धेरै अक्षर संख्या भएका हरफहरू हाल्न मिल्ने बनाउनका लागि ट्वीटरले नयाँ फिचर परीक्षण गर्न लागेको हो । ट्वीटरले ल्याउन लागेको फिचरलाई ‘नोट्स’ नाम दिइने ट्वीटरले जनाएको छ । 

नोट्स फिचर सार्वजनिक भएपछि धेरै अक्षर संख्या भएका हरफ सिधै ट्वीट गर्न सकिने सुविधा ट्वीटरमा उपलब्ध हुनेछ । 

फिचर परीक्षण गर्न दुई महिना लाग्ने ट्वीटरले जनाएको छ । ट्वीटरको नयाँ फिचरको जाँच क्यानडा, घाना, बेलायत र अमेरिकामा भइरहेको छ । 

हाल ट्वीटरमा २८० अक्षर ट्वीट गर्न सकिन्छ । र, धेरै अक्षर संख्या भएका हरफहरू ट्वीट गर्न हरफको ‘स्क्रिनसट’हरू राख्ने चलन छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : ५५ बजे