१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्विटरका सबै कार्यालय बन्द



काठमाडौं। ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिइएको छ । बीबीसीले ट्विटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू पुनः खोल्ने जानकारी दिइएको छ ।

यद्यपि, कम्पनीले किन यस्तो कदम चालेको हो भन्ने अहिलेसम्म खुलाएको छैन । तर, यो सूचना ती खबरबीच आएको हो जसमा ट्विटरका थुप्रै कर्मचारीले जागिर छोड्ने तयारी गरिरहेका छन् ।

ट्विटरका कर्मचारीहरूले यस्तो निर्णय एलन मस्कको इमेल सन्देशपछि लिइरहेका छन् जसमा कर्मचारीहरूलाई कि त लामो समयसम्म कडा परिश्रम गर्न वा जागिर छोड्न भनिएको थियो ।

यो सन्देशमा यस्तो पनि लेखिएको छ – कृपया कम्पनीको नीति पालना गर्दै सोसल मिडिया, मिडिया वा कोही अन्यसँग कम्पनीको गोप्य जानकारीबारे कुराकानी गर्नबाट बच्नुहोस् ।’

बीबीसीले यस विषयमा ट्विटरसँग टिप्पणी मागेको तर ट्विटरले यो अनुरोध स्वीकार नगरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ४६ बजे