१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओप्पोको ‘रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’



काठमाडौं। ओप्पोले रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गरेको छ।

इनोभेसन एक्सेलेटरको लागि ओप्पो रिसर्च इन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्ने कम्पनीले जनाएको छ।

ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईओटा प्रस्तावहरुको आह्वान गरेको छ। कम्पनीका अनुसार सहभागी टोली वा व्यक्तिहरुद्वारा पेस गरिएका प्रस्तावहरुको मूल्यांकनपछि दशवटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलर अनुदानका साथै लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिने छ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘‘जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन इनोभेसन एक्सेलेटर शुरु गरेका छौँ।’’

तीन महिनाको प्रारम्भिक मूल्यांकन र डेमो डे रोड शो पछि घोषणा गरिनेछ। ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरुलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ, साथै उनीहरुलाई आफ्ना विचारहरुलाई थप कार्यान्वयन र प्रबर्द्धन गर्न मद्दत गर्नेछ। प्रत्येक विजेताहरुले ४६ हजार अमेरिकी डलरसँगै साझेदारी र फन्डिङको अवसर समेत प्राप्त गर्नेछन्।

प्रस्तावहरुको मूल्यांकन सम्भाव्यता, नवीनता, मौलिकताका आधारमा विशिष्ट निर्णायक समितिको पर्यवेक्षणमा गरिनेछ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : १३ बजे