१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु



काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ ।

लुभुको गणेश मन्दिर ।

काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिरमा त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ ।

हनुमानढोकास्थित रहेको हनुमानको मूर्ति ।

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ ।

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।

अझ काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवानका मूर्ति भेटिन्छन् ।

पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु ।

कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् । तर, संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ ।

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।

मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् ।

कुम्मेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति ।

मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ ।

च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु ।

फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन ।

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।

एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ ।

पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।

यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर, मूर्तिको र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन् ।

पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।
लुभुको गणेश मन्दिर ।

तस्विरः न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *