१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो र डिजिटल एसिया-प्यासिफिक निर्माण गर्ने तीन तरिकाहरू



साइमन लिन-पछिल्ला दुई वर्षमा धेरै शृंखलाबद्ध परीक्षणहरू भएको छ। परिवर्तनमध्ये बढ्दो ध्यान डिजिटल संसारमा गएको छ र मानिस, व्यवसाय र संगठनहरूमा कसरी अनुकूलन गर्नुपर्छ भन्नेमा जोस पुनः जगाएको छ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको र विविध क्षेत्रहरूमध्ये एक, एसिया(प्यासिफिक विश्वव्यापी डिजिटल परिदृश्यको अग्रभागमा शीर्ष द्रुत-बढ्दो अर्थतन्त्रको रूपमा सेट गरिएको छ। यसले विश्वको जनसंख्याको दुईतिहाइ प्रतिनिधित्व गर्दछ र वार्षिक रूपमा १.७ ट्रिलियन डलरभन्दा बढीको आर्थिक लाभांश प्राप्त गर्न सक्दछ। म्याकिन्सेले कोभिड-१९ ले डिजिटल रूपान्तरणलाई विश्वव्यापी रूपमा सात वर्ष र एसिया-प्यासिफिकमा १० वर्षले गति दिएको नोट गरेको छ।

यस व्यापक प्रवृतिलाई निरन्तरता दिन थुपै राष्ट्रहरूले राष्ट्रिय डिजिटलीकरण रणनीतिहरू जारी गरेका छन्। उदाहरणका लागि, सिंगापुरले स्मार्ट नेसन २०२५ को खाका जारी गरेको छ, इन्डोनेसिया र मलेसियाले गो डिजिटलका लागि रणनीतिहरू जारी गरेको छ, बंगलादेशले आफ्नो डिजिटल बांग्लादेशको खाका जारी गरेको छ र थाइल्यान्डले आसियानमा डिजिटल हब बन्ने आफ्नो भिजन घोषणा गरेको छ।

प्राविधिक दृष्टिकोणबाट हेर्दा भविष्यको एसिया-प्यासिफिकलाई अग्रणी सूचना र सञ्चार प्रविधि (आइसिटी) सोलुसनहरूद्वारा आधारित डिजिटल अर्थतन्त्रको आवश्यकता पर्दछ र इनोभेसनको लागि माटोको रूपमा ओपन र ग्रिन उद्योग इकोसिस्टम आवश्यक छ। र, अन्तमा हामीले मैदानी खेललाई सामान्य बनाउनको लागि समानतामा रहेको अन्तराललाई सम्बोधन गर्ने प्रभावकारी कोर्स तयार गर्न आवश्यक छ।

१. डिजिटल अर्थतन्त्रको लागि आइसिटी पूर्वाधार निर्माण गर्ने 
आइसिटीले महामारीपछिको आर्थिक रिकभरीलाई गति दिन आफ्नो भ्यालु प्रमाणित गरिसकेको छ। कनेक्टिभिटी र कम्प्युटिङ डिजिटल फ्रन्टियरको ज्यान हो। नयाँ शिक्षा र रोजगारीका अवसरहरू प्रदान गर्दै कनेक्टिभिटीले डिजिटल डिभाइडलाई जोड्दै गर्दा उद्यमहरूले आफ्नो व्यवसायलाई अप्टिमाइज गर्न क्लाउड, कनेक्टिभिटी र एआईलाई रोज्छन्।

यद्यपि, यस क्षेत्रको डिजिटल तयारी धेरै फरक छ। उदाहरणका लागि, चीन डेटा डिभिडेन्ड र सूचना डिभिडेन्डमा कदम चाल्दै छ र दक्षिणपूर्वी एसिया (एसइए) अझै पनि जनसांखिकीय डिभिडेन्डको उच्च चरणमा छ। चीनमा फाइभजीलाई देशभरि व्यापक रूपमा कभर गरिएको छ र पेनिट्रेसन दर ४०% – १०० एमबी बढी फाइबर होम पास दर ९०% भन्दा बढी छ। यद्यपि, फाइभजीको लार्ज-स्केल प्रयोग केही एसइए देशहरूमा मात्र सुरु भएको छ। एसइएमा फाेरजी मोबाइल कभरेज ५०% भन्दा अलिमाथि छ र फाइबर ब्रोडब्यान्ड केवल एकतिहाइ घरपरिवारमा पुगेको छ। एसइए उद्यमहरूमा क्लाउड पेनिट्रेसन २०% भन्दा कम छ जसले डेटा मोनिटाइजेसन र उद्योग डिजिटलाइजेसनको लागि ठूलो स्पेसलाई दर्साउँछ।

फाइभजी प्रविधिको सन्दर्भमा यो पहिले नै मुख्य उद्योग क्षेत्रहरूमा गेम चेन्जरको रूपमा उदाउँदै छ। उदाहरणका लागि, सिरिराज अस्पताल, थाइल्यान्डको सबैभन्दा ठूलो राज्य अस्पतालले कोभिड-१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनमा स्मार्ट लजिस्टिक, फाइभजी एम्बुलेन्स र स्मार्ट इन्भेन्टरी व्यवस्थापन (तलको तस्बिर हेर्नुहोस्) विशेषता भएको आसियान क्षेत्रमा पहिलो फाइभजी स्मार्ट अस्पताल सुरु गरेको थियो। महिडोल विश्वविद्यालयको सिरिराज अस्पताल मेडिसिन संकायका डिन प्राध्यापक डा प्रसित वाटनापाका अनुसार ‘फाइभजी स्मार्ट अस्पताल परियोजना आधुनिक चिकित्सा सुविधाका लागि नयाँ मोडल हुनेछ। फाइभजीले बिरामीको डेटाको सिमलेस स्थानान्तरण र टेलिमेडिसिन उपकरणको सञ्चालन सुनिश्चित गर्न आवश्यक उच्च गति कनेक्सनहरू प्रदान गर्दछ।’ 

फाइभजीसम्म सीमित पहुँच भएका केही दुर्गम क्षेत्रहरूमा डिजिटल पूर्वाधारले अझ महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। बंगलादेश सरकारले देशको कुल टाउनसिपको ६०% ओगटेको र ई(गभर्नमेन्ट र फाइनान्सलगायतका सामाजिक कल्याणकारी सेवाहरू सक्षम पार्ने गरी २६०० भन्दा बढी टाउनसिपहरूमा नेटवर्क लागू गर्नमा ठूलो प्रयास र प्रगति गरेको छ।

मलेसियामा ‘किंडम अफ स्पाइसेस’ भनेर चिनिने, हेग्जा फुडले क्लाउड मोडेलआर्टस्मा खुर्सानी पहिचान गर्ने मोडेललाई तालिम दिन इन्टरनेट अफ थिंग्स (आइओटी) टोली स्थापना गरेको छ। एटलस ५०० को इमेज रिकग्निसन प्रविधिले छिटो र सही रूपमा खुर्सानीको गुणस्तर पहिचान गर्दछ। इन्टेलिजेन्ट एआई-सञ्चालित सोर्टिंगले म्यानुअल सोर्टिंगमा त्रुटिहरू हटाउँछ र दक्षतालाई ५०% सुधार गर्छ। 

२. ओपन र ग्रिन इकोसिस्टम सिर्जना गर्ने 
यसैबीच, प्रत्येक देश व्यवसाय र व्यक्तिले भर्खरै केही सामान्य प्रश्नहरूको सामना गरेको छ : अनिश्चितताले भरिएको वातावरणमा रिजिलिएन्स र दृढतासंगै कसरी बाँच्ने र विकास हुने रु बढ्दो डिजिटल अर्थतन्त्र र न्यून कार्बनाइजेसनले नयाँ व्यापारिक रूपहरू, नयाँ उत्पादन सम्बन्धहरू र नयाँ भ्यालु वितरण प्रणालीहरू उत्पन्न गर्नेछ। त्यसैले स्वस्थ र ग्रिनर उद्योग इकोसिस्टम आवश्यक छ।

पहिलो कुरा, डिजिटल एसिया प्यासिफिकलाई अँगालेर ओपन र सहयोगी आइसिटी इकोसिस्टमलाई आवश्यक बनाउनेछ। यी प्रणालीहरूले सरकार, साझेदार, अपरेटर र प्रयोगकर्ताहरू समावेश गर्नेछन् र विभिन्न उद्योगहरूमा रूपान्तरणका लागि अवसरहरूलाई आकार दिन मद्दत गर्नेछ। एक राम्रो उदाहरण सिंगापुरमा रहेको संयुक्त ओपन प्रयोगशाला हुनेछ। सबै कम्पनी, शिक्षाविद् र सरकारी एजेन्सीहरूले प्रयोगशाला प्रयोग गर्न सक्छन् जहाँ उनीहरूसँग अनुसन्धानका लागि अत्याधुनिक रोबोटिक सोलुसन, इन्टेलिजेन्ट डिजिटल टुइन्स र एआई विकास किटहरूमा पहुँच हुनेछ।


दोस्रो, कार्बन न्युट्रालिटीतर्फ बढ्दै गर्दा ग्रिन भविष्यको लागि एनर्जी डिजिटलाइजेसन सक्षम गर्न डिजिटल पावर प्रविधिहरू आवश्यक हुनेछ। थाइल्यान्डमा १,२०० भन्दा बढी सुविधा स्टोरहरूमा स्मार्ट फोटोभोल्टिक (पिभी) रूफटपहरू स्थापना भइरहेका छन्। यसले हरेक वर्ष १,३०० टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन घटाउने अपेक्षा गरिएको छ। अप्टिमल बिजुली उत्पादनको लागि पिभीमा एआई र क्लाउडलाई एकीकृत गरेर यसले सोलार एनर्जी प्लान्टलाई अत्याधिक कुशल, सुरक्षित र भरपर्दो बनाउँछ र सोलार एनर्जीको मुख्य स्रोत बन्नको लागि जग निर्माण गर्दछ।

३. एक दिगो र समावेशी कोर्स चार्ट
यसका साथसाथै हामीले आधा विश्वमा अझै पनि इन्टरनेटको पहुँच छैन भन्ने जान्न जरुरी छ। एपिएनआइसी फाउन्डेसनका अनुसार एसिया प्यासिफिकमा यस क्षेत्रको कुल इन्टरनेट अडप्सन दर ४८‍.४५ छ जुन कुल जनसंख्याको भन्दा आधा कम छ। २०२३ सम्म क्षेत्रको एक चौथाइभन्दा बढी जनसंख्या अझै डिस्कनेक्टेड नै छोडी, इन्टरनेट अडप्सन ७२% (३.१ बिलियन प्रयोगकर्ताहरू) मा वृद्धि हुने अनुमान गरिएको छ। 

यो बढ्दो डिजिटल संसारमा मानिसहरूलाई प्रविधि कसरी प्रयोग गर्ने थाहा छैन भने सशक्त हुन असम्भव छ। मोबाइल भुक्तानी, सरकारी सेवाहरू, डिजिटल शिक्षामा पहुँच र स्वास्थ्य सेवा जस्ता सेवाहरूले सबैका लागि गेटवेको रूपमा काम गर्नुपर्दछ र महिला, केटीहरू र वृद्ध पुस्तालगायत सेवाबाट वञ्चित समुदायहरूलाई मद्दत गर्नुपर्दछ।

उदाहरणका लागि शिक्षालाई लिनुस्, स्थानको पर्वाहबिना ज्ञान लिने क्षमताले शिक्षा स्रोतको पहुँचलाई प्रजातान्त्रिक बनाउन मद्दत गरेको छ। फिलिपिन्समा पिएलडिटी-स्मार्ट फाउन्डेसन (पिएसएफ)ले स्कुल-इन-ए-ब्याग परियोजनालाई प्रवर्द्धन गर्न प्राविधिक कम्पनीसँग काम गरेको छ। प्रत्येक ब्याकप्याकमा शिक्षकको लागि ल्यापटप, २० ट्याब्लेट र स्मार्ट एलटिई पकेट वाइफाइ किट समावेश छ। यसले विद्यार्थीहरूको सिकाइ क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ, बच्चाहरूलाई उनीहरूको पाठ बुझ्न मद्दत गरेको छ र शिक्षण रणनीतिहरूमा सुधार आएको छ।

भविष्य डिजिटल छ
प्रविधिसँग खेल मैदान बराबर गर्ने शक्ति छ। यसले संसारभरि जुनसुकै ठाउँमा शिक्षा, स्वास्थ्य सेवा र रोजगारी ल्याउन सक्छ। यसले व्यापार र उद्योगमा क्रान्ति ल्याउनेछ र यसले दिगो र ग्रिन भविष्यलाई सक्षम बनाउन विश्वका स्रोतहरूको हाम्रो प्रयोगलाई व्यवस्थित गर्न मद्दत गर्न सक्छ।

एसिया-प्यासिफिक क्षेत्रमा डिजिटल अर्थतन्त्रले सामाजिक रिकभरीलाई प्रज्वलित गर्छ र रिजिलिएन्ट भविष्यलाई सक्षम बनाउँछ। यसले देशको सीमा र परिदृश्यहरूमा सार्वजनिक- निजी औद्योगिक सहकार्यको लागि तालमेल प्रदान गर्दछ। हामी डिजिटल भविष्यको प्रारम्भमा आइपुग्दा हामीले हाम्रो वास्तविक संसार र अगाडि रहेको डिजिटल बीचमा रहेको सद्भावमा ध्यानकेन्द्रित गर्न प्रयास गर्नुपर्छ। (लेखक ह्वावे टेक्नोलोजिजका एसिया प्यासिफिक क्षेत्रका अध्यक्ष हुन् ।)

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *