१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सयौंको ज्यान बचाउने अप्रेसन थियटर



यो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको मोडुलर अप्रेसन थियटर हो । यहाँ मिर्गौला प्रत्यारोपण हुने गरेको छ । त्यो संगै कलेजो प्रत्यारोपण पनि यहीँ हुन्छ ।

अन्य अप्रेसनहरु किड्नीको पथ्थरी निकाल्ने लगायतका सल्यक्रिय समेत हुने गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमै मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा उच्च स्तरको सुविधा सम्पन्न अस्पताल हो ।

यहाँ नेपाल मात्र नभएर अन्य मुलुकका बिरामी समेत आउने गरेका छन् ।

यो केन्द्रमा ९ वर्षमा करिब ११ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण गरिएका अधिकांसको अवस्था नर्मल छ ।

अस्पतालले अहिलेसम्म गरिएका मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता मिलेको दावी गरेको छ । अहिले पनि सयौं बिरामी मिर्गौला र केहि कलेजो प्रत्यारोपणको लागि प्रतीक्षामा रहेको समेत केन्द्रले जनाएको छ ।

यो अस्पतालले वि.सं. २०७२ मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ०५ बजे