७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै सञ्चालनमा आएन चौरजहारी विमानस्थल



रुकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनमा लागि आर्थिक वर्ष २०७९÷८० मा सरकारले बजेट विनियोजना गरेको हो ।

त्यो बेला देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो ।

जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको चौरजहारी विमानस्थल बन्द भएको नौ वर्ष पुग्न लाग्यो ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।

विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ । भेरी कोरिडोरको बीचमा पर्ने यो विमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरूले लाभ उठाउने अपेक्षा छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *