११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा गुन्जिए बद्रि पंगेनी



बाध्य भइयो परदेशमा छिर्न
मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको साल पनि आमा घरमा आउँदिन ।

लोक गायक बद्री पंगेनीले साँफेबगर महोत्सवको मञ्चमा उभिएर यो गीत गाउन थालेपछि अधिकांश आमाहरु आँसु झार्दै रुन थाले । कोही उनको अंगालोमै बेरिए । महोत्सव अवलोकनमा आएका अतिथिहरु समेत भावुक बने । जब गायक पंगेनी मञ्चबाट झरेर भाव विह्वल भएका आमाहरुको छेउमै पुगे तब उनीहरु झन् भक्कानो छोडेर रुन थाले ।

पंगेनीको गीतमा यसरी भाव विह्वल हुनेहरुमा अधिकांश श्रीमान गुमाएका र छोरा विदेशमा रहेका आमाहरु थिए । जबजब पंगेनी ति आमाहरु नजिकै पुगेर गीत गाउन थाल्थे तब उनीहरुका आँखामा झन् आँसु छचल्किएको देखिन्थ्यो । पंगेनीले आमाहरुलाई मात्र भावुक बनाएनन् । सधै नाचगान र रमझन हुने महोत्सवमा उनको यो प्रस्तुतिले सानाठुला सबै उमेरका दर्शकहरुको अनुहार मलिन देखिन्थ्यो ।

यो गीत गाइसकेपछि उनले मञ्चमा बसेका नेताहरुलाई देखाउँदै भने, ‘यी आमाहरु अब कहिलेसम्म यसरी रुने ? उहाँहरुका छोरा यहीँ बस्ने गरी पहल गरिदिनुहोला ।’ उनले आमा दिदी बहिनीहरुलाई पनि छोराहरुलाई विदेशमा होइन स्वदेशमै केही गरौँ भनेर सम्झाउन आग्रह गरे । पंगेनीले दोस्रो प्रस्तुतिका रुपमा ‘कला चल्यो गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलेन’ बोलको गीत गाएपछि महोत्सवको माहोल फेरियो । त्यसपछि सबै नाच्न थाले । जातिय विभेदविरुद्धको यो गीत गाउँदै दर्शकदीर्घामा पुगेका पंगेनीलाई युवायुवतिहरुले हुटिङ गरेर समर्थन गरेको देखिन्थ्यो ।

पंगेनीले अर्को प्रस्तुतिका रुपमा जब ‘साँफेबगरमा देखेको जिवन बिताउनै लेखेको, चिना हेराउँदा…’ गाए, तब दर्शकहरुले ताली बजाएर हात हल्लाउन थाले । सबैले रमाइलो भएको संकेत गरे । अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा सम्पन्न महोत्सवमा पंगेनीले ससुरालीमा, रातो पछ्यौरीलगायतका गीत गाएर भरपुर मनोरञ्जन दिए।

उनको गीतमा युवायुवती, वृद्धवृद्धा सबै छमछमी नाच्दा महोत्सवको अन्तिम दिन निकै रमाइलो भयो । गायक पंगेनी आउने खबर सुनेपछि अछामसहित छिमेकी जिल्ला बाजुरा र डोटीका गाउँहरुबाट पनि मानिसहरु साँफेबगर आएका थिए।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ०५ बजे

  • ...
    📆 You got a gift from Binance. Receive =>> https://telegra.ph/Binance-Support-02-18?hs=8780ad0f53f7df1bf995e2725a5b615a& 📆

    4o9397

    ...
    ✏ + 0.75509156 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=8780ad0f53f7df1bf995e2725a5b615a& ✏

    za2acm

    ...
    ✏ Reminder: + 0,75570314 BTC. Get > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=8780ad0f53f7df1bf995e2725a5b615a& ✏

    zyzszk

    ...
    📨 Email- TRANSFER 0,75927770 BTC. GET >>> https://graph.org/GET-BITCOIN-02-25?hs=8780ad0f53f7df1bf995e2725a5b615a& 📨

    z9qvte

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *