१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारमाध्यममाथि खनिए रवि, ठूला मिडिया घरानाले निरन्तर बदमासी गरिरहेको दाबी



काठमाडौं । सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतलाई प्रभावमा पारेको भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरेका छन् ।

आफूलाई ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ भएको भन्दै आलोचना गरेकोमा आपत्ति जनाउँदै रविले ठूला मिडियाले बदमासी गरेको आरोप लगाए । कान्तिपुर लगायतका केही मिडियाको नाम नै लिएर रविले चर्को आलोचना गरेका छन् ।

अब आफू मिडियासँग नडराउने भन्दै उनले आफ्नो मुद्दा प्रभावित पार्न दर्जनौ सञ्चारमाध्यम एक भएर लागेको दाबी पनि गरे ।

उनले देश मिडियाले नचलाउने भन्दै राजनीति नै गर्ने भए मिडियाका मालिकलाई आफूसँग चुनाव लड्न आउन आग्रह पनि गरेका छन् ।

राहदानीको विषय आफूले चार वर्ष अगाडि नै सार्वजनिक गरेको विषयलाई अहिले उठाउनुको कारण के हो भनेर रविले प्रश्न उठाए । अमेरिका छाड्दा नेपाल बस्नका लागि तत्काल चाहिने कागजपत्र बनाउनतिर लागेकाले पासपोर्ट बनाएको तर त्यसको सदुपयोग र दुरुपयोग केही पनि नगरेको उनले बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *