१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने, लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वास बढ्दा ओली–प्रचण्ड दिनहुँ छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *