१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफैँ पोस्टर टाँस्थे आमिर 



सन् १९८८ मा ‘कयामत से कयामत तक’ प्रदर्शनमा आउनुअघिसम्म आमिर खान खासै चर्चामा थिएनन् । उनको मुख्य भूमिका रहेको ‘होली’ असफल भएको थियो । ‘कयामत से कयामत तक’ प्रदर्शनमा आएपछि आमिरले करिअरमा पछाडि फर्कनुपरेन । यस फिल्मले सातवटा फिल्मफेयर अवार्ड जितेको थियो । 

आमिरले बेस्ट मेल डेब्यु अवार्ड हासिल गरे । ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा आमिरले भनेका छन्, ‘यस फिल्मका लागि मैले एक हजार भारु पारिश्रमिक लिएको थिएँ ।’

‘कयामत से कयामत तक’को पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा आमिर खान मुम्बईका सडकमा पोस्टर टाँस्दै गरेका देखिन्छन् । उनले अटोरिक्साहरूमा फिल्मको पोस्टर टाँसिरहेका छन् । त्यस्तै, आफ्नो फिल्म हेरिदिन रिक्साचालकहरूलाई अनुरोध पनि गरेका छन् ।

भिडियोमा उनीसँगै फिल्मका अर्का अभिनेता राज जुत्सी पनि देखिन्छन् । यो फिल्म रिलिज हुनुअघिसम्म आमिरलाई धेरैले चिन्दैनथे । त्यही कारण आमिर आफ्नै फिल्मको प्रमोसनका लागि आफैँ सडकमा आएका थिए । 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *