काठमाडौं। शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको छ। बालुवाटारमा आइतबार बसेको शीर्ष दलका नेताको बैठकमा संसदीय गतिविधि र विधेयकलाई अघि बढाउन समझदारी बनेको हो ।
शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको हो।
यसैगरी, शीर्ष नेताको बैठकले प्रतिनिधि सभाका विषयगत समितिमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटेको छ।
प्रतिक्रिया