काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमार्फत सेवा सुरु गरेको छ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सेवा सुरु गरेको हो ।
सोमबारदेखि ३ वटा बिजुली बस चलाउन सुरु गरिएको जनाइएको छ ।
यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना रहेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।
साझा यातायातले ४० वटा बिजुली बस ल्याएको मध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो ।
प्रतिक्रिया