काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले ०७९ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले ०७८ पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो ।
तर, नयाँ प्रणालीमा जाँदा नतिजामा समस्या हुने भएकाले यस वर्ष पुरानै तरिकाले नतिजा सार्वजनिक गरिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको भनाइ छ । उनले नयाँ पाठ्यक्रम आइसकेकाले आगामी वर्षदेखि नयाँ व्यवस्था लागू गरिने बताए ।
हाल नतिजा आएको ब्याचका विद्यार्थी पुरानो पाठ्यक्रमअनुसारको अन्तिम ब्याच हो । नयाँ लेटर ग्रेडिङअनुसार ३५ अंकभन्दा कम ल्याउनेलाई ननग्रेडमा राख्ने व्यवस्था छ । ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने निर्देशिकामा उल्लेख छ । सरकारले कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको थियो ।
०७९ मा राम्रो नतिजा आउनुको कारण पढाइ चुस्त भएरै हो । स्तरीकृत परीक्षाका कारण पनि नतिजा राम्रो आयो । सामुदायिक विद्यालयको नतिजा पनि विगतभन्दा सन्तोषजनक छ । जिपिए ४.० ल्याउने संख्या पनि विगतको भन्दा बढी छ । ०७८ मा कोरोनाका कारण पठनपाठन अवरोध भएको थियो । कोभिडको ह्याङ पनि विद्यार्थीमा थियो ।
प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तह हो : तुलसी थपलिया, शिक्षाविद्यसपटक समग्रतामा केही सुधार भएको कुरा राम्रो हो । अझै सुधार गर्दै लैजानुपर्छ । परीक्षामा असफल हुने विद्यार्थीलाई पनि ध्यान दिनुपर्छ । लगानी र स्रोतसाधनको परिचालन सहज बनाउन आवश्यक छ । राम्रो गर्ने विद्यालयलाई प्रोत्साहन गर्नुपर्छ । प्रश्न र परीक्षा सञ्चालन गर्ने तरिका हेर्दा एसइई अझै कठिन तह हो ।
विद्यार्थीले एसइईको नतिजा हेरेर आफूलाई मापन गर्नुहुँदैन : मिलन पाण्डे, शैक्षिक अभियन्ता
एसइईका उत्तरपुस्तिका चेकजाँच नै मलाई त्यति ठीक लाग्दैन । शिक्षा नीतिअनुसार कक्षा १० को परीक्षा केही होइन । यसको माक्र्स केही उपयोगी भएजस्तो मलाई लाग्दैन । हामीले यसलाई ठूलो बनाएर विद्यार्थीमा भय थपिरहेका छौँ । त्यसैले एसइईको नतिजा हेरेर विद्यार्थीले आफूलाई मापन गर्नुहुँदैन ।
प्रतिक्रिया