काठमाडाैं । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउन र फूल फुल्न थालेका छन्। काठमाडौं उपत्यकाका धेरै ठाउँमा मौसमी फूल ढकमक्क फुल्न थालेका छन्।
थरीथरीका फूल फुलेसँगै सडक किनार र पार्कहरू झकिझकाउ देखिएका छन्। मनै लोभ्याउने गरी फूल फुलेपछि पार्क र बगैँचाहरूमा फूल हेर्न र फोटो खिच्न मानिस झुम्मिएका छन्।
प्रतिक्रिया