काठमाडाैं । सञ्चालनमा आएको १७२औँ दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत बुधबार पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो । बुधबार बिहान ०६:०४ बजे छेन्दु विमानस्थलबाट उडेको विमान दुई घन्टा ५८ मिनेटको यात्रापछि बिहान ०९:०२ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चीन…