काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरीत सञ्चालनमा रहेका फार्मेसी पसलहरू हटाउन थालेको छ। व्यवसायीहरूले कम्तीमा सात दिनको समय मागे पनि महानगरले बल प्रयोग गरेरै हटाउन लागेको हो। महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेको थियो। व्यवसायीहरूले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन…