अछाम । प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले सामाजिक एकताका लागि धर्मको संरक्षण गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले धर्म र संस्कारले समाजलाई मजबुत बनाउने भएकाले सामाजिक एकता कायम राख्न धर्मको संरक्षण गर्नुपर्ने बताउनु भएको हो । अछामको कमलबजारमा आजदेखि सुरु भएको श्रृंगारीक महा आरती धर्म जागरण सप्ताह महा महोत्सवको उद्घाट समारोहमा प्रमुख अतिथिका रुपमा…