काठमाडौं । गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् । विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका थिए ।…