काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन्। मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन्। विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैँले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै…