सुर्खेत । जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका– ५ स्थित मध्यवर्ती क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । जसका कारण बिहानैदेखि सुर्खेत–नेपालगन्ज सडकखण्डको बबईमा अवरोध भइरहेको छ ।हिजो बिहान बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा– ५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको जंगली जनवारको आक्रमणबाट मृत्यु भएको थियो ।…