काठमाडौं । मुग्लिन नजिकै नाग्दी खोला स्थित त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।इच्छाकामना गाउँपालिका वडा नम्वर ५ मा ९ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो ।ट्रकको केही भागमात्रै देखिएको छ । त्यसमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने स्पष्ट भएको छैन ।प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेको छ ।