काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरुले पद तथा गोपनियाताको शपथ लिएका छन् । भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् । जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गरेका थिए ।