धनगढी। टीकापुर घटनाका मुख्य योजनाकार भनेर न्यायालयको तीन वटै तहबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरी शुक्रबार नागरिक उन्मुक्ति पार्टीको सर्वसम्मत अध्यक्ष भए। पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व लिए। कैलालीको टीकापुरमा आयोजना भएको पहिलो महाधिवेशनबाट रेशमलाल अध्यक्ष चयन भएका हुन्। महाधिवेशनअघि रञ्जिता नै आगामी कार्यकालको पनि अध्यक्ष हुन् भन्दै हिंडेका उनको…