काठमाडौं । हिन्दूधर्मावलम्बीहरूले तिहारको तेस्रो दिन अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्दैछन् । लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले…