१ पुस २०८२, मंगलबार | Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र यूएईको खेल फेरि रोकियो



काठमाडौं।  एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो। खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे। 

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए। नेपालका ललित राजबंशीले तीन विकेट लिए। साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *