२२ बैशाख २०८१, शनिबार | May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सिद्धेश्वरी माविलाई




रहफ (अछाम) । अछाम जिल्लाकै दुर्गम ठाँउ रहफमा पहिलो पटक भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सिद्धेश्वरी मावि धमालीले जितेको छ । यो विद्यालयले १५ स्वर्ण, ८ रजत र ३ कास्य गरी कुल २६ पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

धमाली कलस्टरबाट प्रतियोगितामा सहभागि सिद्धेश्वरीले अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेल्ने छ । भुगोल र बिकासका दृष्टिकोणले अछाम जिल्लाको सबैभन्दा टाढा र विकटमा रहेको रहफमा तुर्माखाँद गाँउपालिकाले पहिलो पटक आयोजना गरेको यति ठुलो खेलकूद प्रतियोगितामा चार वटा कलस्टरका विभिन्न १२ विद्यालयले भाग लिएका थिए ।

रेफ्री संयोजक कमल बहादुर बुढाका अनुसार तुर्माखाँद कलस्टरबाट सहभागि कालिकेश्वरी मावि ७ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल २२ पदकका साथ दोस्रो भएको छ । रहफ कलस्टरबाट सहभागि बिन्द्रासैनी मावि ५ स्वर्ण, ८ रजत र ९ कास्य सहित तेस्रो तथा भैरवस्थान कलस्टरबाट सहभागि विन्देवासिनी माबिले ३ स्वर्ण, ७ रजत र १० कास्य सहित सान्त्वना स्थान हासिल गरेको छ ।

वडा नम्बर १ रहफका वडाध्यक्ष उपेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको समापन समारोहमा तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसीले विजयी खेलाडीहरुलाई शिल्ड, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरेका थिए । उनले जिल्ला स्तरको प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षण दिइने बताए । त्यसका लागि गाँउपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

अध्यक्ष बिसीले जिल्लाकै सबैभन्दा बिकटमा रहेको रहफलाई चिनाउन र त्यहाँका समस्या बारे सबैको ध्यानाकर्षण होस् भनेर पहिलो पटक गाँउपालिका स्तरको ठुलो खेलकूद प्रतियोगिता गराइएको समेत बताए ।

समापन समारोहमा वडा नम्बर ८ का वडाध्यक्ष निरक शाही, कार्यपालिका सदस्य मञ्जु थापामगर, नेकपा एमालेका रणबहादुर शाही, नेकपा माओवादी केन्द्रका नरेन्द्र लम्साल र नेपाल कम्युनिष्ट पार्टीका तिलक सी लगायतको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *