रहफ (अछाम) । अछाम जिल्लाकै दुर्गम ठाँउ रहफमा पहिलो पटक भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सिद्धेश्वरी मावि धमालीले जितेको छ । यो विद्यालयले १५ स्वर्ण, ८ रजत र ३ कास्य गरी कुल २६ पदकसहित प्रतियोगिताको उपाधि जितेको हो । धमाली कलस्टरबाट प्रतियोगितामा सहभागि सिद्धेश्वरीले अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेल्ने छ ।…