काठमाडौं । काठमाडौँमा भइरहेको साफ यू-२० फुटबल च्याम्पियनशिपमा नेपाल भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतवार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले पराजित गरेको हो ।
नेपालका गोलरक्षक जियारथ शेखले भुटानी खेलाडीले प्रहार गरेका दुई पेनाल्टी गोल हुनबाट जोगाएनन् मात्र पेनाल्टी शुटआउटमा एक गोलसमेत गरे ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनुपरेको थियो ।
भुटानका एक खेलाडीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।
नेपालले उपाधिका लागि भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया