१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन



म्याग्दी । चीनको सीमामा रहेको लोमान्थाङ गाउँपालिका– ५ लोवथाङमा गल्फ खेलका  लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६ सय ४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरूप गल्फ खेलेका थिए। लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताए।

ad

उपल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष ०७९/८० मा १० लाख रुपैयाँ विनियोजन गरिएको छ। गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो। गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए।

लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ। त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ। करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदान रहेको छ। उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन्। 

गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ। उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ। रासस

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *