१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रशासक र शाखा अधिकृतको परीक्षामा एकजना पनि पास भएनन्



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिएको उपप्रशासक र अधिकृतस्तरको लिखित परीक्षामा एक जना पनि उत्तीर्ण नभएको पाइएको छ।

विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरबाट खुला तथा समावेशी पदमा स्थायी पदपूर्तिका लागि २०७६ मंसीर १५ गते लिइएको विभिन्न सेवा समूहका प्रशासनिक तथा प्राविधिक पदहरूमा उपप्रशासक तथा शाखा अधिकृतस्तरको परीक्षामा कोही पनि पास नभएका हुन्।

उपप्रशाकका लागि खुलामा २ तथा महिला र आदिवासी/जनजाति कोटामा १/१ जना खुलाएको थियो भने शाखा अधिकृतका लागि खुला २२, महिला ६, आदिवासी/जनजाति ५, मधेशी ४ तथा दलित, अपांग र पिछडिएको क्षेत्रबाट १/१ जनाको माग पद संख्या खुलाइएको थियो।

तर यी सबै पदका लागि लिइएको लिखित परीक्षामा कोही पनि पास नभएका त्रिवि सेवा आयोगको कार्यालयले सूचनामार्फत जनाएको छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ४८ बजे