१६ बैशाख २०८२, मंगलबार | Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको ढकारी गाउँपालिकाद्धारा दशवर्षे शिक्षा क्षेत्र योजना अनुमोदन



मंगलसेन । अछामको ढकारी गाउँपालिकाले दशवर्षे शिक्षा क्षेत्र योजना संशोधनसहित अनुमोदन गरेको छ । सुझाव संकलन कार्यदलको प्रस्ताव अनुसार योजनालाई संशोधनसहित अनुमोदन गरिएको हो ।

युनिसेफको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र (सिडिसी) को प्राविधिक सहयोगमा गुणस्तरीय शिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्रगत यो योजना तयार गरिएको सिडिसीका अछाम जिल्ला शिक्षा अधिकृत इन्द्रकुमार थापाले जानकारी दिए ।

उनका अनुसार दशवर्षे शिक्षा क्षेत्र योजनाका लागि सुरुमा सुझाव संकलन कार्यदल गठन गरी उक्त समितिले योजना निर्माण गरे पश्चात गाउँपालिकाको कार्यपालिका मार्फत संशोधनसहित अनुमोदन गरिएको हो ।

पहिलो चरणमा सुझाव संकलन कार्यदलका संयोजक चन्द्रबहादुर साउँदको अध्यक्षतामा बसेको कार्यशाला मार्फत यसबारे व्यापक परामर्श गरीएको शिक्षा अधिकृत थापाले बताए ।

जसमा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँद, उपाध्यक्ष नेत्रकला देबी शाही लगायत कार्यपालिका सदस्यहरु, शिक्षा समिति, कार्यदल समिति, शाखा प्रमुखहरु लगायतको उपस्थितिमा छलफल गरेर सुझाव संकलन गरिएको थापाले बताए ।

जसका आधारमा कार्यपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि २०८७/८८ सम्मका लागि लागु हुने शिक्षा क्षेत्र योजना सुधारबारे विभिन्न ९ वटा सुझाव दिएको छ । सोही बमोजिम स्थानीय सरकार सँगको समन्वय र साझेदारीमा गतिविधिहरु अघि वढाइने भएको छ ।

यो योजना ढकारी सहित अछामको रामारोशन गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पनि लागु छ । ती दुबै स्थानीय तहमा पनि शिक्षा क्षेत्र योजना अनुमोदनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : २६ बजे

  • ...
    🔓 + 1.87471 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=4976c310379b3a3d5bb2f3cdf1c7dcb1& 🔓

    ojk3el

    ...
    ⚖ + 1.58121 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=4976c310379b3a3d5bb2f3cdf1c7dcb1& ⚖

    ozd4w9

    ...
    🔑 + 0.75851147 BTC.NEXT - https://telegra.ph/Binance-Support-02-18?hs=4976c310379b3a3d5bb2f3cdf1c7dcb1& 🔑

    ifxm4t

    ...
    🔒 Sending a gift from unknown user. Gо tо withdrаwаl => https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=4976c310379b3a3d5bb2f3cdf1c7dcb1& 🔒

    lt5pyu

    ...
    🗂 + 0.75485937 BTC.NEXT - https://graph.org/GET-BITCOIN-02-25?hs=4976c310379b3a3d5bb2f3cdf1c7dcb1& 🗂

    1xzmmi

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *