२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो पात्रोले शुरु गर्‍यो ई-लर्निङ प्लेटफर्म



काठमाडौं। आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ।

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ।

प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन्। यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो। अब यो विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दूरी ‘हाम्रो लर्निङ सेन्टर’ले कम गर्ने भएको छ।

प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने भएको छ। हाम्रो पात्रो इंकका फाउन्डरर सीईओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए।

मिति २०७९ असार १५ मा एक समारोहबीच हाम्रो पात्रोका सीईओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीबीच सहकार्यका लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त कार्यक्रममा हितेश कार्कीले भने, “हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीमाझ लोकप्रिय छन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।”

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामाग्रीहरू उपलब्ध गराउन सक्छन्। हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन्।

कक्षा चारदेखि ११ सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपल्बध छन्। बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन्। हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थिहरूका लागि बहुउपयोगी हुने दाबी गरिएको छ।

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीहरूलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ, साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयअनुकूल रूपमा थप्दै आएको छ।

सन् २०१६ मा स्थापना भएको डियरवाक सिफल स्कूल विद्यार्थीहरूलाई भाषा, गणित र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान संगाल्दै वैश्विक नागरिकको रूपमा अघि बढ्न सहायता पुर्‍याउन प्रतिबद्ध छ। डियरवाक सिफल स्कुल हरेक विद्यार्थीको प्रतिभाको विकास गर्दै उनीहरूका क्षमता पहिचान गर्न सघाउने कुरामा दृढ छ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *