७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय विरासत स्थापित गर्दै प्रियंका



मुम्बई। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन्। अमेरिकी लेखक तथा गायक निक जोनससँग विवाह गरेपछि प्रियंका अधिकांश समय अमेरिकामै बस्दै आएकी छन्। उनी पति निकसँगै छोरी मालती म्यारीको हेरचाह गर्दै आएकी छन्। 

पछिल्लो समय हलिउडका चलचित्रहरूमा काम गर्दै आएकी उनी अमेरिकामा व्यवसाय पनि गर्दै आएकी छन्। ‘सोना’ नामको भारतीय रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले होमवेयर अर्थात घरेलु सामान उत्पादन गर्ने ‘सोना होम’ कम्पनी पनि सुरु गरेकी छन्।  

पछिल्लो समय अमेरिकालाई कर्मथलो बनाउँदै आएकी प्रियंकाले देश छाडेर विदेशमा बस्दा पनि भारतीय संस्कृति, संस्कार र परम्पराको विरासतलाई पनि त्यहाँ स्थापित गर्न लागिपरेकी छन्। ‘भारतलाई छाडेर अमेरिकालाई दोस्रो घर बनाउन लागिपरेको छु। बास्तवमै भन्नुपर्दा यो निकै चुनौतीपूर्ण छ’, उनले सञ्चार माध्यमसँगको कुराकानीमा भनेकी छन्, ‘मैले अमेरिकामा हर चिजको भारतीय अंश लिएर आएको छु। मैले जे काम गर्छु, त्यसमा एक भारतीयको झल्को हुन्छ।’

उनले भारतीय संस्कृति आफ्नो संस्कार र सत्कारका लागि चर्चित रहेकाले त्यसलाई भारत र अमेरिकाबीच जोड्ने काम गर्दै आएको बताइन्। ‘भारत संस्कृति, संस्कार र सत्कारका लागि चिरपरिचित छ। हाम्रो संस्कार र संस्कृतिले सबैलाई एकआपसमा जोड्ने काम गर्दछ। एक प्रवासी भएका कारण भारतीय संस्कार र संस्कृति मेरा लागि निकै महत्वपूर्ण छ’, प्रियंकाले भनेकी छन्, ‘म भारतीय संस्कार र संस्कृतिको विरासतलाई अमेरिकाका घरघरमा पुर्‍याउन चाहन्छु। यसकै लागि नयाँ व्यवसायमा पनि हात हालेकी छु।’

 प्रियंका ‘सिटाडेल’ र ‘जी ले जरा’मा देखिँदै छिन्। रुसो ब्रदर्सको सिरिज ‘सिटाडेल’को सुटिङ सम्पन्न भइसकेको छ। यस सिरिजमा प्रियंका ‘गेम अफ थ्रोन्स’ फेम रिचर्ड म्याडनका साथ देखिँदै छिन्। यसैगरी उनी बलिउडमा पनि फर्किन लागेकी छन्। उनी जोया अख्तरको चलचित्र ‘जी ले जरा’मा आलिया भट्ट र कट्रिना कैफसँगै स्क्रिन सेयर गर्दै छिन्।-एजेन्सी

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *