१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अश्लील गीत गाउने कलाकारले मागे माफी



काठमाडौँ । केही समययता लाइभ दोहोरीमा अश्लील गीत गाएको भन्दै गुनासो बढेको थियो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले अश्लील गीत गाउने २० कलाकारलाई पत्र काटेको थियो।

त्यसमध्ये १३ कलाकारले प्रतिष्ठानमा उपस्थित भएर माफी मागेका छन्।

उपस्थित सबै कलाकारले अबका मितिमा आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले स्पष्टीकरण सोधिएको र आइन्दा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको बताए। 

‘दोहोरी नै नजान्ने कलाकारलाई गाउन लगाएर भएन। अर्काले लेखिदिएको गीत गाएको देखिएको छ। हामीले उहाँहरुलाई चेतावनी दिएका छौँ’ हमालले भने। 

प्रतिष्ठानले दोहोरीमा विकृति बढेको गुनासो बढ्दै गएपछि यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेको थियो। दोहोरीका नाममा कतिपय अग्रज कलाकारले पनि अश्लील गीत गाउने गुनासो आउने गरेको छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : २३ बजे