१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकको १८ करोड हिनामिना गर्ने ३३ जनालाई कैद



दाङ- देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाइएको छ ।

उच्च अदालत तुलसीपुरले बिहीबार बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो ।

मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बसन्तबहादुर बस्नेत,मनोज केसी,  रोशन बस्नेत, झगबहादुर डिसी, विनोद खड्का,शान्ति केसी,मुकेश कुमार गुप्ता, संजय बगाले, विनोदकुमार वली, विजया शर्मा, विजयकुमार गुप्ता , जीवराज रावत , अर्जुन बस्नेत नोमबहादुर बुढाथोकी,वीरेन्द्रकुमार गुप्ता, प्रेमबहादुर बुढाथोकी, किरण रावत , नोखमतीकुमारी बस्नेत र डेमकला खड्का खत्रीलाई जरिवानासहित कैद सजाय सुनाइएको हो । 

यस्तै अदालतले नरबहादुर कार्की , धनेश्वर आचार्य, दोर्णबहादुर केसी, रामबहादुर घर्ती, केशवी बुढाथोकी , बसन्त बुढाथोकी, शरद पोखरेल , मतकुमार पौडेल ,नरसिंह विश्वकर्मा , शालिकराम केसी , खुवीराम न्यौपाने , रविनकुमार डाँगी, हेमन्त पुन मगर, बालिका महरालाई सजाय फैसला गरेको हो । 

उनीहरुमध्ये २ करोड १५ लाख जरिवाना रकम र २ बर्ष कैद सजाय देखि २५ हजार जरिवाना र ४ दिन कैद सजाय तोकिएको छ । 

बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । जसमध्ये दोषी ठहर भएका ३३ जनालाई कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला भएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले बताए।

२०७६ सालमा देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रकम हिनामिना भएपछि बैंकका कर्मचारी र सञ्चालक समिति सदस्यविरूद्ध नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *