१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलाडी संघले माग्यो फुटबल संघको पुनर्संरचना



काठमान्डौं । नेपाली फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको खेलाडी संघहरुले निश्कर्ष निकालेको छ । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फुटबलको पुनर्संरचनाको माग गरेको हो ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिलाई खेलाडी संघले पाँचबुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । संघको मागमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित बनाउनुपर्ने उल्लेख छ ।
घरेलु फुटबलको संरचनालाई परिवर्तन गर्दै नयाँ खाका तयार गरी कार्यान्वयन गर्न एन्फा नेतृत्वसँग संघले माग राखेको छ । संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाएको छ । पछिल्लो समय खेलाडीको योगदानको अवमूल्यन भइरहेको र खेलाडीलाई अपमानजनक रूपमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट निकाल्ने कार्य भएको स्मरण खेलाडी संघले गराएको छ ।
साथै, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पछिल्लो व्यवहारले फुटबल खेलाडी मर्माहत भएको संघको दाबी छ । एन्फा अध्यक्ष नेम्वाङले राखेको पहिलो बैठकले खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको संघले स्वागत गरेको छ । खेलाडी संघले खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्धको माग राखेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *