१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिग टु क्रिकेटमा नामिबियासँग खेल्दै नेपाल



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । स्कटल्याण्डमा भइरहेको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ ।
त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गरेको हो । नामिबियाविरुद्ध ओडीआईमा पहिलो पटक पराजित भएको नेपालले स्कटल्याण्डविरुद्ध भने ओडीआईमा पहिलो जित निकाल्यो ।
एकरुपको प्रदर्शन गर्न नसकेको नेपालले नामिबयाविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । तर त्यसका लागि नेपालले ब्याटिङमा सुधार गर्नुपर्नेछ । हाल नेपाल १८ खेलबाट १७ अंकसहित पाँचौ स्थानमा छ । नेपालले लिग टु मा आधा खेल खेलिसकेको छ । नामिबिया १७ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ र नेपाललाई पछ्याइरहेको छ । अघिल्लो खेलमा नेपाललाई हराएर नामिबिया पाँचौ स्थानमा उक्लेको थियो तर स्कटल्याण्डलाई हराएपछि नेपाल पाँचौ स्थानमै उक्लेको हो ।
अब बाँकी दुई खेल जित्न सके नेपालले चौथो स्थानको अमेरिकासँग अंकदूरी कम पार्नेछ । अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *