काठमाडौं । एक समारोहका बिच बाँके जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा हुँदैछ । शनिवार भब्य समारोहको आयोजनागरी साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
जिल्लाका सबै ८ वटै पालिका यसअघि नै पूर्ण साक्षर घोषणा भइसकेका छन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलका अनुसार वडाहरु साक्षर घोषणापछि जिल्लालाई औपचारिकरुपमा साक्षर घोषणा गर्न लागिएकोे हो ।
जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुने उनले बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले साक्षर घोषणालाई औपचारिता दिने कार्यक्रम रहेको पनि उनले बताए ।
बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक साक्षर पालिका घोषणा गरेको थियो । पहिलो पटक साक्षर पालिका घोषणा हुने कोहलपुरले ५० लाख नगद पुरस्कार पनि पाएको थियो ।
१२ वटा मापदण्ड पूरा गरी पालिकाहरू साक्षर घोषणा भएका हुन् ।
३२ असार २०७९, शनिबार
182
Shares
प्रतिक्रिया