११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकुमबासीका पीडा : हिउँदमा ढल, बर्खामा बाढी



काठमाडौं । राजधानीको वाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरू बस्दै आएका छन् ।
नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षायाममा नदी पस्ने त्रासले रातभर अनिंदो बस्छन् सुकुमबासीहरू । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन ।
वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ, सुकुमबासीहरूलाई । हिउँदमा ढलको गन्धले त्यस्तै हैरान बनाउँछ । सुकुमबासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरूले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ ।
सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन ।

काठमाडौंको टेकुस्थित वाग्मती किनारमा सुकुमबासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।
काठमाडौंको थालाथली बस्ती ।
राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।
भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन् ।
सिनामंगलको वागमती किनारमा रहेको बस्ती ।
काठमाडौंको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती ।
सिनामंगलको वागमती कोरिडोरमा रहेको बस्ती ।
काठमाडौंको टेकुस्थित वागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।
काठमाडौंको थालाथली बस्ती ।

तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *