१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख प्रशिक्षक अल्मुताइरीद्धारा राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले यस्तो घोषणा गरेका हुन् । उनी प्रमुख प्रशिक्षक बनेको ५ सय २५ पुगेको छ ।
खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए । अखिल नेपाल फुटबल संघ–एन्फासँग उनको दुरी पनि बढेको थियो ।
यहीबिचमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *