७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू-१७ मा नेपाल फाइनलमा



काठमाडौं।   श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार राति भएको खेलमा नेपालले घरेलु टोलीलाई ६-० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक/एक गोल गरे ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल गर्‍यो । नेपालले अब उपाधिको लागि भारत र बंगलादेशको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *