८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको साँफेबगर विमानस्थल



अछामको साँफेबगर विमानस्थल अहिले नियमित सञ्चालनमा छ । यो विमानस्थल बन्द भएको १३ वर्षपछि नियमित भएको थियो ।

तत्कालीन बिद्रोही नेकपा माओवादीले ०५८ साल फागुन ४ गते राति ध्वस्त पारेपछि अनियमित बनेको साँफेबगर विमानस्थलमा ०६२ साल यता पूर्ण रुपमा बन्द थियो ।

टावर र अन्य भौतिक संरचना ध्वस्त हुँदा लामो समय अलपत्र परेपछि विमानस्थलको रनवे समेत भत्किएको थियो । जसका कारण १३ बर्षसम्म अछाम सहित डोटी र बाजुरा जिल्लाका स्थानीयले सडकका घुम्ती पार गर्दै गाडीको थङथीलो यात्रा गर्नुको विकल्प थिएन् ।

५ सय ५० मिटर लम्बाई र ८० मिटर चौडाई कालोपत्रे गरिएको यस विमानस्थलमा करिब ११ करोड बढी रकम खर्च गरेर पुर्ननिर्माण गरिएको हो ।

विमानस्थल संचालनमा आएपछि ३ ४ वर्ष यता देखि यसक्षेत्रमा बिकासका नयाँ ढोका खुल्न सहज भएको छ । अहिले तत्कालै बिरामीले उपचार पाउनुका साथै खप्तड, रामारोशन, तितौडा लगायत क्षेत्रको अवलोकनका लागि पर्यटक भित्रिने गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *