१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी किनारमा दुनैको मुस्कान



यो डोल्पा जिल्लाको सदरमुकाम दुनै हो । भेरी नदीको किनारमा मुस्कुराउदै बसेको दुनै एकै पटकमा मनमा बस्छ ।
नागबेली झै बग्ने भेरी र त्यसको वारिपारी किनारमा देखिने राता, हरिया र अन्य घरहरुले टाढैबाट दुनैको सून्दरता आँखामा बस्छ । त्यसो त यो तस्बिरमा देखिने ९० प्रतिसत भन्दा अन्य भाग पनि उतिकै आनन्द लाग्ने छ ।
पहिलो नजरले हेर्दा दुनै कतै भेरीको जोखिममा त छैन जस्तो लागेपनि यो सुरक्षित छ । त्यसको व्यवस्थापन भर्खर मात्रै भएको हो । अब भेरी र दुनै एकअर्काका मित्र हुन् । जसले न भेरीले दुनैलाई दुस्मन ठान्ने छ न दुनैले भेरीलाई नै असर गर्ने छ ।
हुन त दुनै आफै दुलही झै सजिएको छ । तर त्यो भन्दा बढी सिंगारपठार भेरी नदीले गरि दिएको छ । जसले गर्दा दुनै झनझन हेरीरहुु लाग्ने बनेको हो ।
त्यहीँ भएर अचेल भेरी किनारमा दुनै मुस्कुराई रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *