१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै



काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम आज नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ।

चारपटक फाइनल र एकपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ।

यसअघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ३६ बजे