१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो पीडितलाई राहत



अछाममा भदौ अन्तिममा पहिरो जाँदा २२ जनाले ज्यान गुमाए । अर्का एक जना खोलामा बगेर वेपत्ता भए । अहिले उनीहरुका आफन्त पीडामा छन् ।

जिल्लाका चार ठाउँमा गएको पहिरोले घरबारी नै सखाप बनाएपछि पीडितहरुलाई खानबस्न समेत मुस्किल भइरहेको छ । उनीहरुलाई सहयोग स्वरुप राहत वितरण गर्न अहिले सरकारका प्रतिनिधि देखि राजनितिक दल र अन्य संघसंस्थाहरु पहिरो गएको ठाउँमा पुग्ने गरेका छन् ।

उनीहरुका राहत बाड्ने आफ्ना छुट्टै शैली देखिएका छन् । कोहि राहतको नाममा आफ्नो प्रचार गरिरहेका छन् भने कोहि आफै पिठ्युमा चामल बोकेर पीडितहरुका दुखमा मल्हम लगाइरहेका छन् ।

यो एउटा त्यस्तै दृश्य हो । नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष झंकरबहादुर शाही नेतृत्वको टोलीले पीडितका लागि चामल, दाल लगायतका खाद्य सामग्री लिएर पीडितहरुलाई छाक टार्न सहज बनाउन मद्दत गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : १८ बजे