काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
यो नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् र पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।
क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला गत २१ भदौमा उनीविरुद्ध बलात्कारको आरोपमा एक बालिकाद्वारा उजुरी परेपछि अहिले उनी गुमनाम रहेका छन् ।
यस अघि उनले आइतबार राति लामो फेसबुक स्टाटस लेखेर आफू अहिले डक्टरको परामर्शमा रहेको र ठिक भएपछि जतिसक्दो चाँडो नेपाल फर्किएर कानुनी लडाँइ लड्ने बताएका छन्।
प्रतिक्रिया